काठमाडौँ १८ असार ।। श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका एक युवक मोरंगमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले श्रीमतीको हत्या गरेर फरार रहेका युवकलाई पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए ।
मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिइएको उनले बताए । घरायसी विवाद हुँदा शुक्रबार राति मल्लिकले ३१ वर्षीया श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाइ फरार भएका थिए । घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।