एजेन्सी १४ असार ।। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्सको भ्रमणमा पुग्दा त्यहाँका राष्ट्रपति शेख मोहम्मद विन जायद अल नहयानले एयरपोर्टमै पुगेर स्वागत गरेका छन् । मङ्गलबार अबुधाबी एयरपोर्टमा मोदी पुग्दा नहयान स्वागतका लागि पुगेका थिए ।

मोदीले ट्वीट गर्दै हृदयदेखि आभार प्रकट गरेका छन् । मोदी युएइका पूर्वराष्ट्रपति शेख खलिफा विन जायद अल नहयानको निधनप्रति समवेदना प्रकट गर्न पुगेका थिए । उनलाई युएइएको शाही परिवारका सदस्य पनि स्वागतका लागि पुगेका थिए ।

मोदी जी सेभेन देशहरुको सम्मेलनमा सहभागी भई यूरोपबाट युएई पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here