रौतहट १४ असार ।। रौतहटको पुर्वपट्टी पर्ने बागमती नदिमा जल स्तर बढे साथ राजदेवी नगरपालिका नगर प्रमुख भिखारीराय यादव सहित सुरक्षा निकायका प्रमुख हरूको संयुक्त टोली निरिक्षण गरिएका छन् । जिल्लाको दक्षिणी भेग राजदेवी नगरपालिका लगायतको तटीय क्षेत्रमा निरिक्षण गरिएको छ । लगातार भईरहेको वर्षाका कारण बागमती नदिमा जलस्तरमा बृद्धि भएपछि सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोलीले त्यो क्षेत्रको अवस्था तथा बाँध,स्परको बारेमा स्थलगत निरिक्षण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, जनपद प्रहरी प्रमुख एसपि बिनोद घिमिरे,सशस्त्रका प्रहरी प्रमुख एसपि ध्रुव कार्की र राजदेवी नगरप्रमुख यादव सहितको टोलीले निरिक्षण गरेका हुन् । लगातार भईरहेको अविरल वर्षाका कारण बागमती नदिमा पानीको बहाव बढ्दा राजदेवी नगरपालिकाको ब्रह्म्पुरी,कटरवन, माठ,पताही, बर्ह्रवा लगाएतका दुर्गाभगवती,माधवनारायण र गढिमाइ स्थानीय तहका बिभिन्न स्थानमा डुबान र कटान हुने सम्भावित ठाउँहरुमा सो टोलीले निरिक्षण गरेका हुन् ।

निरिक्षणको क्रममा स्थानीय जनप्रतिनिधी र प्रशासनलाई सतर्क र सक्रिय अवस्था रहन आग्रह गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here