बारा १४ असार ।। बारा जिल्लामा एक महिलालाई बाेक्सीको आरोप लगाई कुटपिट गरेका छन् । बाराकाे पचरौता नगरपालिका वाडा नम्बर ५ बेल्दारी स्थित गएराति ५० बर्सिय महिला मदिना खातुनलाइ बोक्सीको आरोपमा कुटपिट गरिएको छ । हाल मदिना खातुनलाइ बारा जिल्लाकाे प्रादेसिक अस्पताल कलैयामा उपचार भइरहेकाे छ ।

पिडित खातुन संग सोध्दा बिगत १० बर्स देखि ओसि अक्ततर अन्सारी नैमोदिन अन्सारी जलिल मियाले त बोक्सी हो स साना नानिलाइ तन्त्र मन्त्र द्वरा रोगी बनाउने रातिमा काम गर्छौ भने दिनहुँ तना दिने र आरोप लगाउने जस्ता कार्य गरि मलाई पिडित गरेकाे बताएका छन् । खाना खाएर घरबाट निस्कन बितिकै ज्यान मार्न उदेश्य निर्घात कुटपिट गरिएको छ । भने पिडितले आफ्नो ब्यथा सुनाउदै दुख पोखेका छन् । हाल कलैया आस्पतालका डाक्टर गौरव महताे संग सोध्दा पिडित खातुनकाे पिउठुमा र मेरुदण्डमा चाेटपटक लागेकाेले पिउठु स्कैन र ए-सरे गरि रिपोर्ट आएपछि केही भनेछौ भने डाक्टरले बताउनु भएको थिए ।

बेल्दारी स्थित मदिना खातुनलाई चाेटपटक लागेपछि बेल्दारी प्रहरी चौकीका असइ मनाेज यादवले घटना स्थलमा पुगेपछि पिडितलाइ उपचार गराउनकाे लागि नगर अस्पतालमा पुर्याउनु भएको छ । अवस्था चिन्ताजनक भएपछि कलैया रेफर गरिएको प्रहरीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here