रौतहट १२ असार ।। हनुमत कु. यादव ।। रौतहटमा रहेको १८ वटा स्थानीय तह मध्ये १५ वटा स्थानीय तहले मात्र नगर तथा गाउँसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।

बाँकी तिन स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् । फतुवा विजयपुर् नगरपालिका, गुजरा नगरपालिका, दुर्गा भगवती गाउँपालिकाले गाउँ नगर सभा गर्न सकेको छैनन् ।

तयारी नपुगेका र नगर कार्य समितिको कुरा न मिलेको खिचातानीका कारणले गाउँ तथा नगर सभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् । असार १० भित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नु पर्ने भएपनि यी स्थानीय तहले बजेट ल्याउन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here