रौतहट ११ असार ।। रौतहटको गरुडा नगरपालिकाको सातौ नगरसभा आज भव्याताका साथ सम्पन्न भएको छ । जिल्लाको औधोगिक क्षेत्रको रुपमा चिन्हीने मध्य भागमा रहेको गरुडा नगरपालिकाको सातौ नगरसभा शुक्रवार सभ्य एवं भब्य रुपमा संम्पन गरिएको छ । गरुडा स्थित कलवार कल्याण धर्मशालामा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौ नगरसभा सभ्व एवं भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख कन्थमनी प्रसाद कलवारले गर्न भएको थियो । नगरसभाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिव ५९ करोडको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ५९ करोड ११ लाख ३९ हजार आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना सातौ नगरसभाबाट उक्त बजेट पारित गरेको छ । कार्यक्रममा अगामी आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गरिएको छ ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जयसवालले जानकारी दिनुभयो । नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी गरिने नगर प्रमुख जयसवालले विश्वास व्यक्त गरेकी छिन ।

नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here