रौतहट ०६ साउन ।। केहि दिन बाद मौसम लगातार अनकुल बनेका छन् । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।त्यस्तै राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here