रौतहट १० असार ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको छैठौं नगरसभा तथा दोस्रो कार्यकालको पहिलो नगरसभा आज शुक्रबारका दिन सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम श्री सित पार्टी पैलेशको सभा हालमा आयोजना गरिएको थियो । बौधीमाईको छैठौं नगरसभाले ३९ करोड ८४ लाख ८९ हजारको कुल बजेट कार्य नीति प्रस्तुत गरेको छ ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभाअध्यक्ष तथा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवले वृन्दावन नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि ३९ करोड ८४ लाख ८९ हजार रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख प्रदीप कुमार यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

प्रस्तुत बजेट मध्ये आय तर्फ संघ राजश्व बॉडफांड वित्तिय सामानिकरण ९ करोड २ लाख २७ हजार,संघ समानिकरण अनुदान ११ करोड ९६ लाख,संघ सर्शत अनुदान (चालु) १२ करोड १४ लाख,संघ सशत अनुदान (पुंजीगत) २ करोड ११ लाख,प्रदेश राजश्व बॉडफांड ४६ लाख ७७ हजार,प्रदेश समानिकरण अनुदान ८४ लाख ८५ हजार,प्रदेश विषेश अनुदान (पुंजीगत) ३० लाख,प्रदेश समपुरक अनुदान (पुंजीगत) २० लाख,सडक बोर्ड ३० लाख,आन्तरीक आय (घर जग्गा रजिष्ट्रेशन शूल्क तथा अन्य आय समेत) २ करोर ५० लाख बजेट रकम रहेको बजेट प्रस्तुत गरिएको छ ।

त्यसगरी प्रस्तुत बजेट मध्ये व्यय तर्फ श्रोत अनुमान तथा सिमा निधारण समितिले निर्धारण गरेको क्षेत्र अनुसार उपरोक्त नीति, बजेट तथा कार्यक्रममा समावेश भएका क्षेत्रहरुलाई लक्षित गरि बन्द सत्रबाट पारित हुने गरी देहाय बमोजिमका क्षेत्रहरुमा बजेट विनियोजन गरिनेछ । तपसिल अनुसार आर्थिक विकास कुल पुंजीगत बजेटको ४ प्रतिशत,सामाजिक विकास कुल पुंजीगत बजेटको १४ प्रतिशत,पूर्वाधार विकास कुल पुंजीगत बजेटको ७५ प्रतिशत,वातावरण तथा विपद् व्यवस्थापन कुल पुंजीगतको २ प्रतिशत,संस्थागत विकास तथा सेवा प्रवाह कुल पुंजीगत बजेटको ५ प्रतिशतको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभाको सभा अध्यक्षता नगर प्रमुख प्रदीप कुमार यादवले गर्नुभएको थियो भने सभामा स्वागत मन्तव्य नगर उपप्रमुख प्रमिला देवी जयसवालले गरेकिथिइन् । त्यसैगरी कार्यक्रमको प्रमुख अथितिको रुपमा मधेस प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव, नेकपा एसका जिल्ला अध्यक्ष कपिलदेव पटेल, नेपाली कांग्रेसका जिल्ला उप सभापति रामलोचन जैसवाल, युवा नेता कनिष् पटेल, नि. प्रमुख प्रसासकिय अधिकृत, लेख प्रमुख अरविन्द यादव लगाएत कार्यक्रममा नगरभरीको विभिन्न दलका राजनीतिककर्मी,स्वास्थ कर्मी,शिक्षक-शिक्षिका,जेष्ठ नागरिक बुधिजिवि,भद्र भलादमी र पत्रकार,प्रशासन लगायत स्थानीय जनसमुदायको समेत सहभागीता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here