एजेन्सी ०८ असार ।। अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर २५० जनाको मृत्यु भएको छ । यस्तै कम्तिमा १५० जना घाइते भएको जनाइएको छ । ६.१ म्याग्निच्युटको अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

उक्त भुकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

मृतकको संख्या थप बढने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here