काठमाडौं ०७ असार ।। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताएका छन् । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले योगले काममा सकरात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताएका हुन् ।

नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने उनको भनाई छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकरात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। देउवाले महाभारतको प्रसंग उल्लेख गर्दै योग कार्यक्रमले नेपाल र भारतको सम्बन्ध थप प्रभावकारी हुने उल्लेख गरे ।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले संयुक्त राष्ट्र संघमा राखेको प्रस्तावलाई नेपालले समर्थन गरेकोसमेत देउवाले स्मरण गरे । उनले योग कार्यक्रम गरेकोमा भारतीय दूतावासलाई धन्यवादसमेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here