सिरहा ०५ असार ।। सिरहामा करेन्ट लागेर एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका १ निवासी २६ वर्षीय गोपाल पूर्वेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनकरी दिएका छन् ।

आइतवार विहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here