काठमाडौं २१ माघ ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। दुई दिने बैठक बालकुमारीमा जारी छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासिचव वेदुराम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बोलाइएको केन्द्रीय कमिटीमा पार्टीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने महासचिव डा. वेदुराम भुसालले अन्नपूर्णलाई बताए । अध्यक्ष र महासचिवको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माण लगायतका विषय समेटिएको छ। यी विषयमा केन्द्रीय सदस्यको थप राय र सुझावले प्रतिवेदनलाई थप परिमार्जित बनाउने बताइएको छ ।

त्यस्तै बैठकमा सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here