एजेन्सी २२ जेठ ।। बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

अहिले सम्म आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन् ।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ । घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन् । विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ ।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ ।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन् ।
बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here