सिरहा १९ जेठ ।। सिरहामा एक पुरुषको शव इनारमा फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ४८ वर्षीय ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव इनारमा फेला परेको हो ।

सोमबार साँझ श्रीमतीका लागि औषधि लिन गएका साह बेपत्ता भएका थिए । उनको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको प्रहरीले जनाएको छ ।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश सुरु गरिएको थियो । सो क्रममा उनको शव इनारमा फेला परेको हो ।

परिवाजनले उनको हत्या भएको दावी गर्दै दोषीमाथि पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here