जनकपुरधाम १२ जेठ ।। युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here