रौतहट १३ जेठ ।। रौतहटमा मूल्यवृद्धि र महंगीको विरुद्धमा संयुक्त प्रर्दशन गरिएको छ । जिल्लाको कटहरियामा सरकार विरुद्ध चर्को नाराबाजी सहित नगर परिक्रमा गरि विरोध जनाइएको हो । जनमत पार्टी र नेपाल सुशासन पार्टी द्धारा संयुक्त रुपमा प्रर्दशन गरिएको छ । पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धि विरुद्ध देशैभरी प्रर्दशन भइरहेको छ । सो क्रममा कटहरियामा पनि बिहिवार प्रर्दशन गरिएको छ ।

बिरोध प्रदर्शन क्रममा बिभिन्न नारा र प्लेटकार्ड सहितसरकार बिरुद्ध प्रदर्शन गरिएको थियो । उनीहरु शेरबहादुर देउवा मुर्दाबाद ,ईन्धन र खाना पकाउने ग्यासको मुल्य फिर्ता गर ,नालायक सरकार राजिनामा दे , भ्रष्टाचारी सरकार राजिनामा दे ,शेरे तेरो पराले दुःख पायो साराले,गठबन्धन सरकार मुर्दाबाद, गठबन्धन सरकार राजिनामा दे लगायतका नाराहरु लगाइएका थिए ।

जनमत पार्टीका नगर संयाृजक रामअधार पासवान र नेपाल सुशासन पार्टीका संयोजक हरि विनय साहको नेतृत्वमा सो प्रर्दशन गरिएको छ । कटहरिया स्थित वडा नम्बर ५ को कार्यालय देखि सुरु भएको नगर परिक्रमा विभिन्न ठाउँ हुँदै नगरपालिका अगाडी पुगी कोण सभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै नेपाल शुशासन पार्टीका कटहरिया नगर संयोजक हरि विनय साहले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । महंगाइ कम नभए सम्म आन्दोलन जारी रह्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here