रौतहट १२ चैत ।। नेपाल रेलको नेपाल र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उद्घाटन गर्ने भएका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अहिलेसम्म पूर्ण रुपमा उद्घाटनको मिति तय नभए पनि चैत १९ गते दुबै देशका प्रधानमन्त्रीद्वारा रेलको उद्घाटन गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुम प्रविधिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

रेल उद्घाटनको लागि जनकपुरधाममा एक विशेष कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । रेल सञ्चालन सन्दर्भमा जनकपुर जनगर रेल फागुन महिना भर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ । रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेपछि रेल सञ्चालनको सम्भावनालाई टेवा दिएको थियो । रेल सञ्चालनका लागि प्राविधिक रूपमा सबै तयारी भइसकेको छ ।

कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर जनकपुर जयनगर रेल चल्ने छ । जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।

महाप्रबन्धक झाले जनकपुर–कुर्था– जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल संचालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा संचालनको तयारी गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here