डेस्क २१ माघ ।। गाउँमै शहरभन्दा आधा शुल्कमै विभागीय विशेषज्ञ डाक्टरहरुद्वारा उपचार सुरु भएको छ । मधेश प्रदेशमै पहिलो पटक गाउँमै शहरभन्दा गाउँमै सस्तो उपचार विभागीय विशेषज्ञ डाक्टरबाट सुरु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ९ स्थित पर्सा देवानमा झण्डै दुई महिना अघि सञ्चालनमा आएको जानकी एकेडेमिक हस्पिटलले मधेश प्रदेशमै पहिलोपटक ग्रामिण भेगमै २४ घण्टा विभागीय विशेषज्ञ चिकित्सकहरुबाट उपचार सुरु गरेको हो ।

ग्रामिण भेगका जनतलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी स्तरबाटै सञ्चालनमा आएको दुई सय बेडको यस हस्पिटलमा आइसियु, भेन्टिलेटर, एनआइसियु, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा शुलभ रुपमा प्रवाह गरिरहेको सञ्चालक डा. सुरेन्द्र यादवले बताए । उनका अनुसार सर्जरी, नशा तथा हाड जोर्नी फिजियो थेरापी, स्त्री तथा प्रसुति रोग र बाल रोगको उपचार २४ घण्टा विभागीय विशेषज्ञ डाक्टरबाट भइरहेको छ ।

‘फाइदा र पैसा कमाउने भन्दा गाउँको जनतालाई सहज सुलभ उपचारको उद्देश्यले हामीले यो हस्पिटल सञ्चालनमा ल्याएका हौं । गाउँमा कोही समान्य वा गम्भीर बिरामी हुँदा, दुर्घटनामा घाइते हुँदता जनकपुर अथवा बाहिर नै जानु पर्ने बाध्याताको अन्त्य गरेका छौं’, महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका संचालक यादवले भने ।

जनकपुरधाम लगायत अन्य शहरको निजी हस्पिटल भन्दा कम शुल्कमै २४ घण्टा विभागीय विशेषज्ञ डाक्टरहरुले सहज, गुणस्तरीय तथा प्रभावकारी उपचार सेवा प्रदान गर्ने गरेको उनले बताए । २४ घण्टा विशेषज्ञ चिकित्सकहरु हस्पिटलमै उपलब्ध हुन्छ । म भन्छु जनकपुरबाट आउनुस् आधा शुल्कमै उपचार गराएर ठीक भएर जानुस् संचालक यादवले भने , अब चाँडै हामीले स्वास्थ्य बिमा सुरु गर्छौ । यसले जनताले अत्यन्तै थोरै शुल्कमा प्रभावकारी उपचार सेवा पाउँछन् ।

सुविधासम्पन्न हस्पिटलको रुपमा संचालन गर्न अहिलेसम्म हस्पिटलमा २५ करोडभन्दा बढी रकम खर्च गरिसकेको र अझै सेवाहरु विस्तार गर्ने क्रम जारी राखेको डा. यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here