कार्तिक ११ एजेन्सी ।। चीनको टेलिकममाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । बेइजिङले आपति जनाउदै भने यसले दुवै देश बिच मनमुटाव बढने बताएको छ । चीनले संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दूर्भाग्यपूर्ण दमन’  भएको प्रतिक्रिया दिएको छ ।

बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको हो । वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here