कार्तिक ७ सर्लाही ।। सर्लाहीमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षिय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकरी दिए । विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा प(याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here