काठमाडौं, १५ चैत ।। सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ सकिएको छ । आज (शुक्रबार) सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ भएको हो ।

आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनर्स्थापना गर्न माग गर्दै घिसिङ सर्वोच्च गएका थिए । घिसिङलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको थियो । घिसिङले उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here