;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L kf6g, !# k'; M nlntk'/sf] afns'df/Ldf ef}lts k"jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnfsf] ;jf/L;fwgdf cfuhgLkl5 l/Ë/f]8sf] ;ftbf]af6f]df ;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;

काठमाण्डाै, १५ पुस ।। ललितपुरको बालकुमारीमा अस्ति शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here