रौतहटमा, २३ मंसिर ।। रौतहटमा वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति पक्राउ परेका छन् । दिनानु दिन बढेको वन तस्करीको बिषयमा चिन्तित बनेका वन कार्यालय रौतहट बाट खटेको टोलिले तस्कलाई पक्राउ गरेका छन् । डिभिजन वन कार्यालय रौतहटले शनिवार सयौँ क्यूफिट सालको अवैध काठसहित एक दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

डिभिजन कार्यालयका अनुसार उनीहरुले साइकल लगायतका साधन प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ । वन गस्ती टोलीले सक्रियता बढाएसँग तस्करहरूले नयाँ जुक्ति प्रयोग गरेर काठ तस्करी गर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ ।

राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको भन्ने सूचनाका आधारमा गएको गस्ती (सुरक्षा) टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । २ दिनअघि मात्र सशस्त्र प्रहरीको वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी खोर जंगलबाट दुईवटा साइकल जोडेर लोड गरिएका सालको गोलिया बरामद गरेको थियो ।

यसअघि गत साउन १५ गते सशस्त्रको वन सुरक्षा टोलीले यता ३९७ क्यूफिट सालको काठ बरामद गरेको थियो । सो अवधिमा काठ तस्करी र अवैध सिकारमा संलग्न १५ जना तस्करलाई पक्राउ गरिएको थियो । साथै काठ तस्करीमा प्रयोग गरिएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साइकल १४ थान बरामद भएको डिभिजन प्रमुख मिश्रले जानकारी दिए ।

साउनयता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १२० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here