जनकपुरधाम ३० असार ।। मधेश सरकारद्वारा भएको जानकी मन्दिर सौन्दर्यकरणमा भ्रष्टाचार भएको ठहर भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको मधेश प्रदेशको चाथौं प्रतिवेदनमा जानकी मन्दिर प्रांगणमा मापदण्ड विपरितका गुणस्तरहीन मार्बल प्रयोग गरिएको ठहर गरेको हो ।

मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोगको भेरिएसन गर्न सुझाव अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति पनि भएको थियो । तर त्यसको सट्टा कम मूल्यका रंगीन मार्बलहरु प्रयोग गरिएको प्रतिवेदनमा भनिएको छ ।

रंगीन मार्बल ४ हजार र सेतो मार्बल ५ हजार ३ सय रुपैयाँप्रति वर्ग मिटरका दरले खरीद सम्झौता भएको थियो । सुरुको सम्झौतामा सेतो मार्बल १९४५।०८ वर्ग मिटर रहेकोमा तेश्रो बिलसम्म ६ हजार ५७६ वर्ग मिटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

तर त्यसमा अधिकांश गुणस्तरहीन रंगीन मार्बल प्रयोग गरिएको ठहर गर्दै सेतोको ठाउँमा प्रयोग भएका रंगीन मार्बलको मूल्य घटाउँदा सम्झौताभन्दा ६० लाख २१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो प्रतिवेदनमा मापदण्ड विपरित रंगीन मार्बल प्रयोग गरिएको र गुणस्तरहीन मार्बल भएको कारण ठाउँ(ठाउँमा चर्किन थालेकाले प्राविधिकबाट रंग यकिन गरी सम्झौता अनुसारको गुणस्तरयुक्त मार्बल प्रयोग गरेर कार्य सम्पन्न गर्न सुझाव दिइएको छ ।

राम जानकी मन्दिर सौन्दर्यकरण अन्तरगत एक वर्षमा मरम्मत सम्भार सम्पन्न गर्ने गरी २०७५ मंसिर १७ गते ६ करोड ७५ लाख ४६ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । तर समयमा काम सम्पन्न हुन नसक्दा २०७८ सालसम्मको म्याद थप गरिएको थियो ।

मार्बल बिछ्याउने कार्यमा मात्रै आ.व. २०७७र७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजारसहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here