सिरहा १७ असार ।। सिरहाको विष्णुपुर गाउँपालिका स्थित ५० लाखमा निर्माण गरिएको पोखरी सौन्दर्यकरण अन्तर्गतको केरेटिङ वाल वर्षदिन नपुग्दै भत्किएर पानीमा गएको छ । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नंं २ स्थित राजपुर गाउँसो सार्वजनिक पोखरीमा केही महिना अघि निर्माण गरिएको केरेटिङ वाल भत्किएको हो ।

५० लाख रुपैयाँ लागतमा गरिएको सौन्दर्यकरणको काम मापदण्ड विपरीत अत्यन्त कमसल निर्माण गरे व्यापक भ्रष्टाचार भएको स्थानीयले आरोप लगाउँदै आएको छ । सोही कारण केरेटिङ वाल भत्किएको स्थानीयले बताएका छन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत थुप्रै स्थानमा भएको मठमन्दिर तथा पोखरी सौन्दर्यकरणमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत फाइल झिकाएको छ ।

अख्तियारले छानविन थालेपछि मधेश सरकारले लाज छोप्न झण्डै एक वर्ष अघि मुख्यन्यायाधिवक्ता दिपेन्द्र झको संयोजकत्वमा एक छानविन टोलि गठन गरेको थियो । तर छानविन टोलिले हालसम्म सो प्रतिवेदन तयार गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here