रौतहट १२ माघ ।। हनुमत कु . यादव ।। सदरमुकाममा बाट सेवा कार्यालय सराई मधेश आन्दोलनमा गोलि लागि मृत्युको मुखबाट बाँचेका रौतहट जिल्लाको ज्यूँदो शहिद रणवीर सिंहले आत्महत्या वाहेक अरु कुनै विकल्प नरहेको बताएका छन । २०७१ सालमा सेवा कार्यालय सराईका लागि भएको आन्दोलनमा सिंहको सरिरमा ३ गोलि लागेका थियो । एक गोलि पेट चिर्दै बाहिर निस्केको दुई गोलि हातमा लागेको थियो ।
मधेश आन्दोलनको उपलब्धिबाट कुर्सीमा पुगेका मदेश प्रदेशका मुख्यमन्त्रि लगायतका नेताहरुको कार्यलय धाउदै धाउदै कुनै सहयो नपाए पछि उनि हतास भएका छन् । हालै रौतहटमा भएको बलिदानी दिवसमा सहिद तथा आन्दोलनमा घयितेहरुलाई सम्मान गरियो तर आन्दोलनमा घयिते सिंह लाई कुनै जानकारी नै नभएको बताए । आन्दोलनको क्रममा घयिते भई जिल्ला अस्पताल बाट रेफर भई बिरगंज थप उपचार गराएको उनले बताए । उपचारको क्रममा त्ताकलिन मदेशी दल द्वारा एक लाखको नगदी सहयोग भएको बाकी खर्च आफै बेहोर्नु परेको बताएको छ ।
त्ताकलिन समयमा शरीर बाट एक गोलि मात्र बाहिर निकालिएको थियो भने एक गोलि शरीरमै रहेको डा.सल्लाह अनुसार ६ महिना पछि अर्को गोलि निकाल्ने बताएको थियो तर आर्थिक अभावका कारण करिब ८ साल देखि गोलि शरीरमै रहेको बताए । आन्दोलनमा घयिते भएका सिंह लाई करिब ८ साल देखि भिभिन्न आस्वासन मात्रै मिलेको बताए ।
घयिते सिंह शारीरिक अवस्था गुमिये पछि घरपरीवार भूखमरीले जूझीरहेको पत्रिक सम्पति बेची आयिचोपयिचो लगाएको सहयोग बाट जिउको पार्जन गर्नु परि रहेको बताए । घरपरीवारमा अर्को कुनै आम्दानीको स्रोत नरहेको स – सन्ना बालबालिका असक्त बुढी आम लगायत श्रीमान श्रीमती हुन् । मदेश सरकारले उपचारको र मेरो स्वास्नी लाई जागिर सहयोग नगरे मुख्यमन्त्रि कार्यलय अगाडी आत्मदाह गर्ने बताएका छन् ।
https://www.facebook.com/100069292544909/videos/463420495247443/