जनकपुरधाम १३ असोज ।। प्रदेश २ मा प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेश आह्वान गरेको हो ।

मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएको अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here