रौतहट, १५ चैत ।। रौतहट जिल्लाको राजदेवि नगरपालिका वडा नं. ०६ स्थित मनुसमारा खोलामा वेवरीशे अवस्था मिति २०८१।१२।११ आइतवारका दिन महिलाको शव भेटेको छ । खोलाको पुर्वी किनारामा खुट्टाको भाग पानीमा र शरिरको अन्य भाग पानी भन्दा बाहिर रहेको अवस्थामा शव फेला परेको छ ।

भेटिएको सवको हाल सम्म पहिचान हुन् सकेको छैन । अन्दाजी ३५ वर्ष की महिलाको शव फेला परेको हुँदा हाल सम्म मृतकको सनाखत तथा पहिचान हुन नसकेकोले, कोहि कसैको परिवारको सदस्य भएमा वा कसैले निज मृतक महिलालाई चिनेजानेको भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय रौतहट लाई जानकारी दिन समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

भेटिएको शवको हुलिया निम्न अनुसारको रहेको छ । उचाई ५ फिट ३ ईन्च भएको, श्याम वर्ण र पातलो शरिर, कलेजी रंगको ब्लाउज, निलोमा पहेलो रातो रंग मिसिएको साडी लगाएकी,घाँटीमा पहेलो धातुले बनेको देवी दुर्गाको आकृति भएको रातो रंगको डोरीमा रहेको माला, दुबै हातको नाडी र पाखुरामा कालो रंगको फुल जस्तो आकृतिको ट्याटु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here