रौतहट, २६ मंसिर ।। मर्यादा पुर्शोतम भगवान श्री रामको विवाह उत्सवको रुपमा मनाइने पर्व विवाहपञ्चमी महोत्सव सुरु भएको छ ।सप्ताहव्यापी रुपमा मनाइने यो सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ ।

आज पहिलो दिन नगर दर्शन विधि गरिने छ भने भोली दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै पर्सी तेस्रो दिन धनुषा यज्ञ गरिन्छ चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा गरिन्छ ।

राम कलेवामा जनतीको रुपमा अयोध्याबाट आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ । प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ । विवाहपञ्चमीलाई मध्येनजर गर्दै जानकी मन्दिर दूलही झैं सजाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here