बलरा, ०९ सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकाको नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाद्वारा २५ लाखको बजेटमा बलरा नपा ८ को वार्ड कार्यालय भवनको शिलान्यास भएको छ् । सोमबारका दिन एक औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेको नगर प्रमुख कुशवाहाले वार्ड कार्यालय भवनको शिलान्यास गर्दै भन्ने बलरालाई राम्रो र विकसित बनाउन सबै नगर वासीको साथ र सहयोगको जरुरी छ् र यो हाम्रो पालिका अर्को ऐतिहासिक चरणको सुरुआत भयो ।

२५ लाखको बजेटमा शिलान्यास भएको वार्ड कार्यालय भवनको प्रारम्भ गरी आगामी वर्षभित्रै आवासीय कक्ष, वार्ड सभाहल, दर्ता काउन्टर तथा अभिलेख कक्ष जस्ता आवश्यक सुविधाहरु उपलब्ध गराउने अपेक्षा गरिएको नगर प्रमुख कुशवाहाले अपेक्षा गरिएको छ् । साथै नयाँ कार्यालयले जनसेवामा पारदर्शिता र प्रभावकारित्तासहित कार्यक्रम सञ्चालन गर्न सहज पार्ने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय जनसमुदायमा गर्व र उत्साहको लहर चलेको यो महत्वपूर्ण घडीमा नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास बलरा ना पा ८ को वडा अध्यक्ष छेतनु साहको अध्यक्षतामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो । दीर्घकालीन विकास र सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको मनोबल उच्च राख्ने अवसर बलरा नगरपालिकाले सधै देखि गर्दै आइरहेको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहा,विशिष्ट अतिथि बलराको प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, अतिथि बलरा नपाको कार्यापालिका सदस्यहरु, समाजसेवी,सुरक्षाकर्मी लगायत स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरू उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here