रौतहट, २७ भदौ ।। रौतहटमा एक मठका पुजारी गाजा बिक्रीवितरण गरिदै पक्राउ परेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका वडा न ९ का धरहरी टोल मठका पुजारी गाजा बिक्रीवितरण गरिदै करिब १ कि. भन्दा माथि रहेको गाजा सहित प्रहरीले पक्राउ गरेको छ । विगत २० वर्ष देखि श्री रामजानकी मठ धरहरीको महन्त सिकिन्द्र यादवले मठको कार्यभार सम्हालेर चलाइरहेका गाजा बिक्रीवितरण गरिरहेको रहस्य बाहिरिएको पछि प्रहरी नजर राखी रंगेहात पक्राउ गरेका छन् ।

धरहरी टोलको पुरानो मठ(श्री रामजानकी मठ)को पुजारी भएर युवाहरुलाई कुलतमा फसाइ रहेको मुख्य आरोपित सिकिन्द्र यादवलाई देवाही गोनाही ईलाका प्रहरीले रङ्गेहात पक्राउ गरेको हो ।

श्री रामजानकी मठका महराजी सिकेन्द्र ३ वटा बिहे गरेर मठमा पुजापाठ गर्दै आइरहेको एक स्थानीयले बताए । उनको तीन वट्टा श्रीमती छुटापतर गरेको व्यक्तिले धर्मको आडमा कुकर्म कार्यमा संलग्न रहेको स्थानीयले आक्रशित बनेको छ । हिजो बुधबार बेलुका ४ बजेको समयमा देवाही गोनाही इलाका प्रहरी कार्यालयका कमाण्डबाट खटिएका टोलीले सुराकीको आधारमा रामजानकी मठको पुजारीले ११०० ग्राम गाजा र ३० वटा गाजा पुरिया बेच्दै गर्दा रङ्गेहात प्रहरीले पक्राउ गरिएको हो ।

श्री रामजानकी मठ धरहरीका पुजारी सिकेन्द्र यादवलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र गाजा बिक्रीवितरण गरेको आरोपमा पुजारी माथी लागू औषध ओसारपसार मुदा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here