काठमाडौँ, २७ भदौ ।। ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका एसपी होबिन्द्र बोगटीलो रातोपाटीलाई बताए ।

दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने एसपी बोगटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here