रौतहट, १९ भादौ ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं १ स्थित श्रोत नखुलेको ४ लाख रुपैयाँ सहित पक्राउ परेका छन। करिब १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा नेपाल भारत सिमाना नजिक दक्षिण भारततर्फबाट उत्तर नेपालको गौर बजारतर्फ पैदल हिडी आउदै गरेको भारत बिहार राज्यको सितामढी जिल्ला थाना बैरगनिया वडा नं. ११ बस्ने कृष्ण कुमारको छोरा अंदाजी बर्ष १८ को सत्यम भन्ने अनिकेत राज पक्राउ परेका छन ।

चेकजाच गर्ने क्रममा उनी माथि शंका लागि पछी चेकजाँच गर्दा दाहिने पट्टीको पिडुला फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।- (पचास हजार), सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) र बाँया पिडुलमा एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।-–(पचास हजार) सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) गरी जम्मा नेपाली रुपैयाँ रु,४,००,०००/- (चार लाख) र दाहिने पट्टीको अगाडीको खल्तीबाट SAMSUNG कम्पनीको स्क्रिनटच मोबाईल थान-१ समेत लुकाई छिपाई राखी ल्याएको अवस्थामा फेला परेको प्रहरी कार्यालय रौतहटले विज्ञप्ति मार्फत जनकारी गराएका छन् ।

पक्राउ परेका रकमको आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र मोबाईल सहित निज अनिकेत राजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here