काठमाण्डाै, १९ भदौ ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकोले मुद्दा दायर गरेको आयोगले जनाएको छ । उनले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा नियुक्ति लिएका थिए ।

त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीमा रहेको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबीअनुसार उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा कार्यरत रहेको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here