रौतहट १८ असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वडा नं १ पथरामा एक बालिकाको साल्डोमा शंकास्पद अवस्थामा शव फेला परेको छ । मृत्युहुनेमा राजदेवी नगरपालिकाको वडा नं १ पछेयारी पथरा टोलका जितेन्द्र साहको १२ बर्षीय छोरा आयुष कुमार साहको खाल्टोमा डुबेर शंखाष्पद मृत्यु भएको मृतकका बुवा साहले बताए ।

मृतक साह सोमवार दिउँसो २ बजेदेखि आफ्नो घरबाट हराई रहेको हुँदा आफन्तहरु खोज तलास गर्दै जाँदा गाउँ नजिक रहेको खाल्टोमा मंगलवार बिहान शब फेला परेको हो ।मृतकका बुवा साहको भनाई अनुसार खाल्टोमा डुबेर मेरो छोराको मृत्यु नभई छोरा आयुषको हत्या गरी खाल्टोमा फालिएको बताएका छन् ।

उक्त घटनालाई विशेष रुपमा छानविन गर्न संबंधित निकाय संग अनुरोध गरेका छन् ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जनकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here