रौतहट १० असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औं नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सरकारको नियम अनुसार अषाढ १० गते भित्र निति तथा बजेट प्रस्तुत गर्ने रहेको अनुसार आज भव्यताका साथ सम्पन्न भएको छ ।

नगरपालिकाको चौतर्फी बिकासको लागी अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रमका साथै झण्डै ४८ करोडको बजेट ल्याएका छन् । आउँदो आ.व. २०८१÷०८२ का लागि खर्च व्यहोर्ने श्रोत तर्फ आन्तरिक आय र यस आ.व. २०८०÷०८१ को अनुमानीत मौज्दात गरि जम्मा रु. १,३९,००,०००।०० (अक्षरेपी रुपैयाँ एक करोड उनान्चालीस लाख मात्र) नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान तर्फ रु. १०,७३,००,०००।०० (अक्षरेपी रुपैयाँ दश करोड त्रिहत्तर लाख मात्र), प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान तर्फ रु. ७६,३०,०००।०० (अक्षरेपी रुपैयाँ छहत्तर लाख तीस हजार मात्र), नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रु. ८,५४,००,०००।०० (अक्षरेपी रुपैयाँ आठ करोड चौवन्न लाख मात्र), मधेश प्रदेश सरकारबाट प्राप्त हुने सवारी कर बाँडफाँड तर्फ अनुमानीत रु. २६,६०,०००।०० (अक्षरेपी रुपैयाँ छब्बिस लाख साठ्ठी हजार मात्र) रहेको छ । विनियोजित रकम मध्ये नगरपालिका को चालु तर्फ रु. ११,१९,३०,००।०० (अक्षरेपी रुपैयाँ एघार करोड उन्नाईस लाख तीस हजार मात्र) र पूँजिगत खर्च तर्फ रु. ९,७३,३०,०००।०० (अक्षरेपी रुपैयाँ नौ करोड त्रिहत्तर लाख तीस हजार मात्र) विनियोजन गरिको छ ।

यसका साथै आउँदो आ.व. २०८१÷०८२ मा नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु. २३,३७,०६,०००।०० (अक्षरेपी रुपैयाँ तेईस करोड सैतीस लाख छ हजार मात्र) जसमध्ये चालू तर्फ २१,२०,०६,०००।०० (अक्षरेपी रुपैयाँ एक्काईस करोड बीस लाख छ हजार मात्र) तथा पूँजीगत तर्फ २,१७,००,०००।०० (अक्षरेपी रुपैयाँ दुई करोड सत्र लाख मात्र), प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु. ९५,००,०००।०० (अक्षरेपी रुपैयाँ पन्चानब्बे लाख मात्र), नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ रु. ३०,००,०००।०० (अक्षरेपी रुपैयाँ तीस लाख मात्र), नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान तर्फ रु. १,००,००,०००।०० (अक्षरेपी रुपैयाँ एक करोड मात्र), प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान तर्फ रु. ३०,००,०००।०० (अक्षरेपी रुपैयाँ तीस लाख मात्र), प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ रु. २०,००,०००।०० (अक्षरेपी रुपैयाँ बीस लाख मात्र)
रहेको छ ।

अगामी आर्थिक बर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजदेवी नगरपालिकाको मेयर भिखारी प्रसाद यादवले प्रस्तुत गर्दै नगरको चौतर्फी बिकास र नगरबासीलाई सुखी समृद्ध, बनाउनु पर्नेमा जोड दिदै यहाँ भौतिक पूर्वाधारको क्षेत्रमा पनि अति नै पिछडिएको हुँदा यहाँ समुचित रुपमा बाटोघाटोको साथै शिक्षा, कृषि खानेपानी, स्वास्थ्य, नया रोजगार सहित विभिन्न क्षेत्रमा परिमार्जन गर्नुपर्ने नितान्त आवश्यक भएपनि बजेट अभावमा विस्तारै विस्तारै उक्त योजनाहरुलाई पुरा गराउने प्रतिबद्धता प्रकट गरे ।

जनप्रतिनिधिहरु समग्र रुपमा यस पालिकामा आमूल परिवर्तन ल्याएन र एउटा नयाँ पन्ना कोर्न एकजुट भएर हातेमालो गर्दै विकास निर्माणको कार्यमा इमान्दारीका साथ जुट्नुपर्नेमा जोड दिदै अगामी बर्षको लागि ४८ करोड १० लाख ९६ हजार रुपैयाको बजेट ल्याएर पालिकामा विकासको अनुभुति गराउने प्रतिबद्धता सहित कृतज्ञ गरेको जिकीर गर्नु भएका छन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा उपमेयर राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, लेखापाल श्रीचन साह, योजना प्रमुख पंकज मिश्रा, सूचन अधिकारी चन्द्रभुषण यादव, औभरसीयर चन्द्र शेखर सिंह, रुमेश गुप्ता, सबै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, बोर्ड सदस्यहरु, कर्मचारीहरु, समाजसेवी पवन साह, नविन सिंह, वुद्धजिवी तथा स्थानीय भर्भाला आद्मिहरु , संचारकर्मीहरु, संचारकर्मीहरुको उपस्थितिमा नगरसभा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here