काठमाण्डाै, २८ चैत ।। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले लिएको उत्पादनमूलकतर्फ पहिलो चरणको भाषा परीक्षामा छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका छन् ।

गएकाे फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्ये छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका हुन् ।

अब सीप परीक्षणमा पास भएपछि उनीहरू कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् । सीप परीक्षण आउँदो वैशाख ९ गतेदेखि वैशाख १५ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा आउँदो वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा आउँदो कात्तिक २६ गते देखि पुस २ गतेसम्म हुने तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here