काठमाडौं,११ माघ ।। राष्ट्रिय सभाको १९ सदस्यका लागि सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा सकिएको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

यसैबीच सातै प्रदेशमा मतदान सकिँदा स्वतन्त्र रुपमा पालिका प्रमुख जितेका तीन स्थानीय तहका प्रमुखले भने चुनाव बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल महामल (गोपी) ले निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका हुन् ।

यी तीनै जना गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । बालेनको बागमती, हर्कको कोशी र गोपी हमालको निर्वाचन क्षेत्र सुदूरपश्चिम रहेको थियो ।

कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here