एजेन्सी, ०९ माघ ।। चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ । हिजो गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ ।

राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश दिनुभएको छ । त्यस क्षेत्रको तापक्रम शून्यभन्दा तल झरेकाले अत्यधिक चिसोका कारण उद्धारकर्तालाई समस्या भइरहेको बीबीसीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्ती नजिकैको ठाडो भीरमा पहिरो खसेको देखिएको छ ।

पहिरोले धेरै घर तथा अरु भौतिक संरचना भत्काएको छ । त्यस क्षेत्रका पाँच सय जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ भने एक हजार जना उद्धारकर्मीहरू परिचालन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here