रौतहट, १४ पुस ।। एक्कासी मौसम परिवर्तन भए संगै रौतहट सहित तराई मधेशका जिल्लाहरुमा आज बिहानैदेखि चिसो बढ्नुको साथै सितलहर सुरु भएको छ । चिसो र सितलहरले गर्दा जनजीवन कष्टकर बनेको छ ।

चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित हुने भएका छन् । अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ । ग्रामिण भेगमा खास गरी चिसो छल्न आगो बालेर तापिरहेका देखिएको छन् ।

यस वर्ष चिसो अलि ढिलो गरि परिरहेका छन् । शुक्रवार साझ देखि चलेको हावाका कारण एक्कासी मौसम परिवर्तन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here