काठमाडौं,२६ मंसिर ।। स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

सांसद सिंहले शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । उक्त रिट आइतबार न्यायाधीश डा कुमार रेग्मी र सोमबार विनोद शर्माको एकल इजलासमा परेको थियो । तर, समय अभावका कारण दुबै दिन उक्त मुद्धा हेर्न नभ्याइनेमा परेको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here