काठमाण्डाै, ०८ मंसिर ।। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा दशरथ रङ्गशालामा लिगको उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाण्डाै रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल बेलुकी ६ बजे शुरु हुनेछ ।

पहिलो संस्करण कोभिड सङ्क्रमणको समयमा विना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा गायक सुशान्त केसीले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसपटक गएको संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल सङ्ख्या पनि बढेको छ ।

अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरी ९ टोलीले ४० खेल खेल्नेछन् । उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने आयोजकले जनाएको छ । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here