सिराहा, ०७ मंसिर ।। सिराहाको सन्हैठामा दुईवटा मोटरसाइकल आपसमा जुध्दा तीन युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

बुधबार साँझ सवा ७ बजे सिराहा नगरपालिका– १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीनैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार स्थानीय १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन् ।उनलाई थप उपचार गर्न विराटनगर रेफर गरिएको छ ।

दुबै मोटरसाइकल चालक हेलमेट नलगाएका थिएनन् । बिना हेलमेट तिव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर ठूलो मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here