जनकपुरधाम, १४ असोज ।। महोत्तरीमा गाँजा बिक्रीवितरण गरेको आरोपमा महोत्तरीबाट महिला पक्राउ परेकी छिन् । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी छन् ।

गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीतापुर प्रहरी चौकीको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
उनको श्रीमानको खोजी जारी र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here