रौतहट २८ भादौ ।। रौतहटमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम भव्यता साथ मनाईयो । मानव सेवा केन्द्र रौतहटको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम विहिवार मानव सेवा केन्द्रको सभाहल गौरमा संपन्न भएको छ ।

हिन्दू महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका महिलाहरुले एक अर्का संग शुभकामना आदान प्रदान गरेका छन । नाच्दै गाउदै एक अर्का सित गाला मिलाएर ख़ुशी सटासाट गर्दै तीज पर्व हर्सोल्लासका साथ मनाऊँन आग्रह समेत गरेका हुन ।

कार्यक्रममा नेपाल स्वयं सेवक संघ मधेश प्रदेश संयोजक पूजा पाठक तिमिल्सिनाले हरी तालिका तीज पर्व विबाहित महिलाहरुको लागि कठिन परीक्षाको रुपमा रहेको बताएकी छीन ! पति ,परिवार र संतानको सुख शांति सुस्वास्थ्य दीर्घयु को कामना गर्दै तीज पर्व मनाउने गरेको उल्लेख गरे ।

ग्रामीण विकास केन्द्र नेपालका कोषाध्यक्ष ममता झा ले विबाहित महिलाले पतिको लामो उमेरको कामना तथा संतानको जीवनको रक्षा र जीवन भरी सुहागन रहने कामना गर्दै भगवन शिवको उपासना गर्ने पर्व तीज रहेकोले सवै दीदी बहिनीले राम्रो संग शांतिपूर्वक पर्व मनाउनु पर्ने बताए ।

मानव सेवा केन्द्रको अध्यक्ष किरण ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका सेनानी गंगा बहादुर बीस्टको श्रीमती निमि घिमिरे बीस्ट , मांडवी रौतहटका अध्यक्ष अंजू झा , महिला बाल बालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया गुरौ , नेपाल रेडक्रस सोसाइटी रौतहटका महिला उपाध्यक्ष नीलू झा लगायतका सयौ महिला हरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here