एजेन्सी, १६ भदौ ।। हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले खारेज गरेको हो । एकपक्षीय अन्तरकालीन आदेश बदरको माग गर्दै अन्तरिक राजस्व विभागले पनि साउन २८ गते सर्वोच्चमा निवेदन दर्ता गरेको थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आजैदेखि भ्याट लागू भएको जानकारी दिनुभयो । भ्याट लागू भएसँगै हवाई भाडा फेरि महँगो भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आन्तरिक तथा बाह्य दुवै खालका हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here