वीरगञ्ज, १२ भदौ ।। सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट श्रोत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका नोटमा हजार, सय र पचास दरका नेपाली रुपैयाँ छन् ।

प्रहरीले मटिहानी तीन स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडि चेक प्वाइन्ट थापेर साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीका अनुसार ज १२ प १६४४ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा उक्त नोट फेला परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here