काठमाडौं, २६ साउन ।। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध जनाएको छ। एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन् । बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए ।

उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन् । एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका छन् ।

एमाले सांसद वेल घेराउ गर्न अघि बढेका छन्। सभामुख घिमिरेले नियमको पालना गर्न सांसदलाई आग्रह गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here