रौतहट २५ साउन ।। राैतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थित काली मन्दिरकाे छेउमा बागमती नदिले गरिरहेकाे कटानलाई नियन्त्रणकाे लागि प्रयास कार्य सुरु गरेक छन् । केही दिन देखि लगातार भईरहेको वर्षाका कारण आएको बाढीको पानीको जल स्तर घटे पछी पानीको बहाव तेज गति भए संगै कटान भईरहेको थियो ।

कटान वारे जनकारी भए लगतै राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय रौतहट गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्रा, लगायतका टोली निरिक्षण गरी रोकथामको लागि संबंधित निकाय संग पहल गरेका थिए । नदि नियन्त्रण कार्यालयले टोलीको पहलमा प्रारम्भिक रूपमा कटान राेक्नकाे लागि बाँसका झ्याङ्गहरू राखेर पानीको वेगलाई नियन्त्रण गर्ने प्रयास भई रहेकाे छ । नदि नियन्त्रण कार्यालयबाट बाेरा र जाली पनि ल्याइएको छ । बाेरामा बालुवा हाली भाेली बिहानैबाट जालीमा हालेर कटान नियन्त्रणकाे लागि काम सुरु हुने स्थानीय वडा अध्यक्ष प्रत्याशी अनिल कुमार पटेलले बताएका छन् ।

कटान नियन्त्रणकाे लागि सहयोग गर्ने कार्यालय र सम्बन्धि सराेकारवालामा उनले हार्दिक धन्यबाद समेत गरेका छन् । तर याे चाहिँ स्थायी उपाय पक्कै पनि हाेइन । कटान राेक्न स्थायी काम गर्न सम्बन्धित सबैकाे पहल हाेस् भने उनले आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here