रौतहट १७ फागुन ।। राैतहट जिल्लाको उत्तरी भेगमा रहेको फतुवा विजयपुर नगरपालिकामा अवैध रुपमा चलिरहेको मदिरा बनाउने भठ्ठी सहित ४०० लिटर मदिरा प्रहरीले नष्ट गरेका छ्न ।

आज दिउसोको समयमा गुप्त सुचनाको अधारमा खटिएको प्रहरी टोलीले जिल्लाको फतुवा विजयपुर न.पा.६ पेटभर्वा स्थित चलिरहेको अवैध रुपमा घरेलु मदिरा बनाउने भट्टी संचालन गरी घरेलु मदिरा उत्पादन गरिरहेको जानकारी पाए लगौतै पहरी पुगी उक्त भट्ठी नष्ट गरेका छन् ।

विषेश सूचनाको अधारमा प्रहरी टोली खटी गई घरेलु मदिरा उत्पादन गर्ने भट्टी पुर्ण रुपमा फुटाई, मदिरा उत्पादन गर्ने कच्चा पदर्थ करीब ४०० लिटर वरामद गरी स्थानिय र वडा अध्यक्षको रहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here